गण्डकीका सात जना श्रष्टालाई सम्मान अर्पण
पाेखरा | बैशाख १६, २०८०
पोखरा: गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरेको हो ।
सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर गुरुङ पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ छन् । उनीहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला सहित उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव हेमराज सुवेदी, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची, वरिष्ठ लोक दोहोरी गायिका हरिदेवी कोइराला, गण्डकी प्राविधिक शिक्षा तथा तालिम केन्द्रका निर्देशक डा. सोमनाथ सापकोटा लगायतले सम्मान अर्पण गरे ।
यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित भएकी छन् । उनलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरियो ।गण्डकी प्रज्ञा युवा सम्मानबाट मोती बहादुर कार्की परिवर्तन र लक्ष्मी थापा सम्मानित भएका छन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।
प्रतिष्ठानका कुलपति विखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरुलाई छनोट गरेको हो । छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा आयोजित कार्यक्रममा सम्मानित श्रष्टाले धुनमा कविता सुनाए । यसैगरी झाँकी प्रदर्शन, नृत्य प्रस्तुती र गायन प्रस्तुती समेत कार्यक्रमको आर्कषणको रुपमा रहेका थिए ।
प्रतिष्ठानका कुलपति विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत र सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेको प्रतिष्ठानले यो वर्ष थप केही महत्वपूर्ण कार्य गरेको छ । गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना श्रष्टाको वायोग्राफी समेत तयार पारेको छ । परम्परागत गीत संरक्षणको र श्रष्टा स्वास्थ्य विमा कार्यक्रमको समेत थालनी गरेको छ ।
वाजा प्रशिक्षण, भाषा प्रशिक्षण, कार्यशाला लगायतका कार्यक्रमलाई यो वर्ष समेत निरन्तरता दियो । यसका अलावा गण्डकी प्रदेशमा आयोजना हुने कला, साहित्य, संगीत लगायतका कार्यक्रममा सहकार्य गरेर आफ्नो उपस्थिती समेत देखाइरहेको छ । प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

